News Portal

हावाहुरी गराउने बादल सक्रिय, आजपनि यी स्थानमा आउँदैछ हुरी

मोटिभेटन्यूज संवाददाता
१२४२ पटक

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले सोमबार हावाहुरीको सम्भावना रहेको बताएको छ । बिभागका अनुसार सोमबार दिउँसोबाट देशका मध्य तराई लगायतका भू–भागमा मेघ(गर्जन गराउने बादलको प्रणालीको विकाश भईरहेको छ । यसका कारण हावाहुरी र चट्टयाङ्गको खतरा रहको महाशाखाले जनाएको छ ।

यो प्रणाली उत्तर(पूर्व सरिरहेको र यसले दिउँसो ३ बजेबाट नै चितवनको दक्षिणि भेगमा मेघ–गर्जन सुरू भइसकेको बिभागले जनाएको छ। बिभागले राष्ट्रिय आपतकाल केन्द्र र सम्पूर्णलाई सतर्क रहन आग्रह गरेको छ ।

बिभागले सोमबार बिहान नै दिउँसो देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु–भागका केहि र पश्चिमी भु–भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको बताएको थियो । त्यस्तै बिभागले सोमबार राती देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु–भागका केहि र पश्चिमी भु–भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाएको छ।

२०७६ जेठ २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्