News Portal

राइट पाथमाथि तत्काल एक्सन लिन्छौ : प्रमुख जिल्लाका अधिकारी तामाङ

मोटिभेटन्यूज संवाददाता
४३६ पटक

काठमाडौं – मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अबैधानिक रुपमा संचालनमा रहेका कन्सल्टेन्सीहरुलाई बन्द गरिने बताएका छन । हेटौडामा विना अनुमति भाषा शिक्षण तथा शैक्षिक परामर्श सेवा दिदै आएका कन्सल्टेन्सीहरुलाई तत्काल बन्द गरिने बताएका हुन ।

राइट पाथ करिअर काउन्सिलिङ कन्सल्टेन्सीले अवैध रुपमा म्यानपावरको काम गरिरहेको मोटिभेट न्युजले समाचार प्रकाशन गरेपछि प्रमुख जिल्ला अधिकारीले यस्ता गलत धन्दा चलाउने जो कोही लाई नछाढ्ने बताए । मोटिभेटसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले आजै राइट पाथ लगायतहरुलाई सिल गर्ने बताए । केही प्रमाणको प्रतिक्षामा छौं, उनले भने, ‘प्रमाण जुट्ने विक्तिकै कारवाही गछौं ।

नियम कानुन भन्दा माथि कोही नभएको भन्दै राज्यको कानुन नम्मान्नेलाई तह लगाइ छाड्ने उनको भनाई छ ।

२०७६ जेठ २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्