News Portal

के होला आजको मौसम ? यस्तो भन्छन् मौसमविद्

मोटिभेटन्यूज संवाददाता
३५१ पटक

काठमाडौँ – देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मंगलबार राति पूर्वी भूभागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

२०७६ जेठ २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्