News Portal

जोसमा होस गुमाएपछि सरकारका उपसचिव प्रहरी खोरमा !

मोटिभेटन्यूज संवाददाता
१०८४ पटक

काठमाडौं : आफ्नै छोरीलाई यौन शोषण गरेको आरोपमा नेपाल सरकारका उपपचिव पक्राउ परेका छन् । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत उनलाई उनकै छोरीको जाहेरीको आधारमा पक्राउ गरिएको हो ।

विगत केही वर्षदेखि आफ्नै छोरीमाथि पटक–पटक जबरजस्ती करणी गर्दै आएका उनलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।

राजधानीको एक स्कूलमा १२ कक्षामा अध्ययनरत १८ वर्षीया युवतीले बुवाले पटक पटक आफूमाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन् ।

प्रहरीका अनुसार उपसचिवले ‘विदेशमा त यो सबै चल्छ, आधुनिक युगमा सबै कुरा सामान्य हुन्छ’ भन्दै छोरीमाथि बलात्कार गर्दै आएका थिए ।

२०७६ जेठ २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्