मोटिभेटन्यूज संवाददाता

काठमाडौं – रामेछाप जिल्लामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । काठमाडौंबाट रामेछाप आउँदै गरेको बा २ ख ७२४२ नम्बरको अरनिको यातायात सेवा समितिको बस बिहीबार राति लखनपुरको गुराँसे भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेमा दोरम्बा गाउँपालिका ६ का उद्धव गौतम र हरिबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि उपचारको लागि काभ्रेको धुलिखेल लैजाने क्रममा उनीहरूको बीच बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १३ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । गाडी सडकबाट झण्डै ५० मिटर तल खसेको छ । चालकले रक्सी खाएर गाडी चलाउँदा दुर्घटना भएको दोरम्बा गाउँपालिका ६ लखनपुरका वडाध्यक्ष अम्बिकाप्रसाद गजुरेलले जानकारी दिएका छन ।
२०७६ जेठ ३१ गते प्रकाशित
