News Portal

के होला आजको मौसम ?

मोटिभेटन्यूज संवाददाता
३९० पटक

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसक आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र पश्चिमका क्षेत्रमा सामान्य बदली मेघ गर्जनसहित वर्षा हुने मौसमविदले बताएका छन् ।

यस्तै मध्य क्षेत्रका थोरै ठाउँमा मेघ गर्जनसहित वर्षा हुने जनाइएको छ । यस्तै अपराहन्नपछि हावाहुरी चल्ने सम्भावना पनि रहेको जनाइएको छ । यसैबिच आइतबार पुनः पश्चिमी वायु प्रवेश गरेकाले सुदूरपश्चिमका क्षेत्रमा पूर्ण बदली भएको छ ।

पश्चिमी वायुकै कारण मनसुन भित्र सकेको छैन । मनसुन भित्रनका लागि पश्चिमी वायुको प्रभाव पूर्ण रुपमा बाहिरिनु पर्ने मौसमविद समिर श्रेष्ठले बताएका छन् ।

सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रने गर्छ । तर यो वर्ष ढिला भएको छ । अझै केही दिन भित्रने सम्भावना नरहेको उनले बताएका छन् ।

२०७६ असार १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्