News Portal

रामचन्द्र चन्दको नयाँ लोक दोहोरी गीत ‘३ फुर्के डोरी’को यस्तो बन्यो भिडियो

मोटिभेटन्यूज संवाददाता
५१० पटक

काठमाडौं – गायक रामचन्द्र चन्द र समिक्षा बि सिको ‘३ फुर्के डोरी’ सार्बजनिक भएको छ ।  गीतमा गायक तथा निर्देशक हुम गैरेको शब्द र  लय रहेको छ ।प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड गरिएको उक्त गीतमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी  र नायिका तथा मोडल अनु साहको उत्कृष्ट अभिनय रहेको छ ।

शंकर बिसी स्वयमले निर्देशन गरेको ‘३ फुर्के डोरीलाई राजेश घिमिरेले आफ्नो क्यामेरामा कैद गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेका छन ।

ईश्वर थपलिया प्रोडक्सन म्यानेजर रहेको उक्त गीतको अडियो तथा भिडियो शैली कृयसन प्रा लिको आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

हेर्नुस् भिडियो 

२०७६ असार १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्