News Portal

फेरी खुल्यो कंलकीको अण्डरपास

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०२ पटक
काठमाडौं

भदौ १४ काठमाडाैं – कंलकीको अण्डरपास फेरि खुलेको छ । बन्द भएको एक हप्तापछि बुधबारदेखि अण्डरपास खुलाइएको हो । गएको ६ गते सरसफाईको लागि अण्डरपास बन्द गरिएको थियो । यसअघि भदौ १ गतेदेखि खुलाइएको अण्डरपासमा धुलो धेरै भएको भन्दै सफा गर्न एक हप्ता बन्द गरिएको चक्रपथ विस्तार आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले दोस्रो चरणको कालोपत्र गर्न बाँकी रहेकाले त्यो काम भएपछि मात्रै अण्डरपासमा पुरै खुल्ने बताए । पूर्ण रुपमा काम नसकिएकाले केही समय बन्द गर्दै काम गर्ने चिनिया पक्षको योजना रहेको उनले बताए । सधैं जाम भइरहने कलंकीमा अण्डरपास खुलेपछि केही सहज भएको छ ।

२०७५ भदौ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्