News Portal

बर्दगाेरियामा प्रधानमन्त्री राेजगार कार्यक्रम सुरु

 राजेन्द्र रावल
२८८ पटक

बाैनिया-  प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तरगत कामका लागि पारिस्रमिकमा अाधारित सामुदायिक अायाेजना मंगलबार बाट कैलालीको बर्दगाेरिया गाउपालिकामा सुरु भएको छ । प्रधानमन्त्री राेजगार कार्यक्रम काे अधिनमा रहेर बेराेजगार फारम भरेका व्यत्ति हरुकाे सुचिमा सुचिकृत भएका मध्य बाट पहिलाे चरणमा गाउपालिका सबै वडाका निश्चित व्यत्तिहरुलाई साे कार्यक्रममा सहभागिता गराईयकाे गाउपालिकाका कार्यक्रम संयाेजक भुमी शर्मा जाेसीले जानकारी दिए

मंगलबार बिहानबाट गाउपालिकाकाे वडा नम्बर ३ का बिभिन्न चार ठाउबाट सुरु भएको कार्यक्रमकाे उद्बघाटन वडा अध्यक्ष करने सुनारले गरेका थिए । साे अवसरमा बाेल्दै वडा अध्यक्ष सुनारले आफ्नाे गाउँ आफै बनाउने याे सुवर्ण अवसर भएको भन्दै यसबाट सबै बेरोजगार हरुले फाइदा लिन सक्नु पर्ने बताए ।

वडा नम्बर ३ का विभिन्न चार ठाउमा नाली  खन्ने काम सुरु भएको याे कार्यक्रमबाट नालि पश्चात अगामि आर्थिक बर्षमा बाटाकाे स्तर उन्नति गर्न सहज हुने वडा अध्यक्ष सुनारकाे बुझाई रहेको छ । कार्यक्रम संयाेजक जाेसीका अनुसार मंगलबार वडा नम्बर ३ र ४ बाट सुरु भएको कार्यक्रम गाउपालिका का ६ वटा वडामै सञ्चालन हुने बताए ।

२०७६ असार ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्