News Portal

६ देशका प्रमुखलाई राष्ट्रपति भवन सितल निवासमा दिवाभोज

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१७ पटक
काठमाडौं

भदौ १४, काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका छ वटै मुलुकका विशिष्ट पाहुनाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ता गरेका छन् ।

उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत  गरेका थिए । आजै शुरु हुने शिखर सम्मेलन अगाडि राष्ट्रपति भण्डारीले उनीहरुको सम्मानमा दिवा भोजको आयोजना गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु कार्यक्रममा सहभागी हुनुहुनेछ । बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् । सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आउनुभएको छ ।

२०७५ भदौ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्