News Portal

रसुवागढी सुरुङ मार्गभित्र थुनिएका १७ कामदारको सकुशल उद्धार 

मोटिभेटन्यूज संवाददाता
२७५ पटक

काठमाडौं– सुख्खा पहिरोका कारण रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्गभित्र थुनिएका १७ कामदारको सकुशल उद्धार गरिएको छ।

बिहान ७ बजे उनीहरुको सकुशल उद्धार गरिएको रसुवाका डिएसपी भागेन्द्र पुरुष ढकालले नेपाल लाइभलाई जानकारी दिए। उद्धार गरिसकेपछि मेडिकल समेत जाँच गरिएको र कसैलाइै केही नभएको डिएस्पी ढकालले बताए।

रसुवाको गोसाइकुण्ड –२ मा पर्ने आयोजना स्थलमा रहेको सुरुङमा बिहीबार साँझ एकाएक आएको सुख्खा पहिरोमा कामदारहरु थुनिएका थिए।

सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ नागरिक थिए। उनीहरूको उद्धार हिजै गर्ने भनिए पनि रात परेकाले समस्या भएको भन्दै आज बिहान उद्धार गरिएको हो। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले उनीहरुको उद्दार गरेको हो ।

सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा उक्त घटनास्थल पर्छ ।

२०७६ असार ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्