मोटिभेटन्यूज संवाददाता

ललितपुरको जावलाखेलमा बन्दलाई लक्षित गरि राखिएको प्रेसर कुकर बम भेटिएको छ । आज बिहान जावलाखेलको खेल मैदान नजिकै भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
प्रहरीका अनुसार जावलाखेलमा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनालाई खबर गरिएको थियो । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज नेपाल बन्दको घोषणा गरेको छ ।
सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले मंगलबार बन्द घोषणा गरेको हो ।
२०७६ असार १० गते प्रकाशित
