News Portal

बनेपामा विष्फोट, पनौतीमा २ वटा कुकर बम फेला

मोटिभेटन्यूज संवाददाता
४१८ पटक

काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दमा आज बिहानै काभ्रेको बनेपास्थित पुल बजार नजिकै विस्फोटको आवाज आएको स्थानीयवासीले बताएका छन् । बिहान तीन बजेतिर विस्फोटको ठूलो आवाज आएको स्थानीयको भनाइ रहेपनि प्रहरीले भने विस्फोटको पुष्टि गरेको छैन ।

त्यस्तै पनौतीस्थित ढुंखर्क बसस्टप र खोपासी मार्गको रोशी खोलाको पुलमा भेटिएको २ वटा प्रेसर कूकर बमलाई भने नेपाली सेनाको धुलिखेलबाट खटिएको टोलीले डिस्पोज गरेको छ ।

आज बन्दलाई लक्षित गरि देशभरी नै ठाउँठाउँमा हतियारसहितका प्रहरी परिचालन गरिएको छ । उपत्यकामा सुरक्षा कडा पारिएको छ । बाहिर पनि बन्दको आंशिक प्रभाव परेको बताइएको छ । बन्दको पूर्व सन्ध्यामा बिहानै देशका केही ठाउँमा शंकास्पद बस्तु फेला परेका समाचार आएका छन् ।

यता राजधानी काठमाडौंमा भने पसलहरु खुलेपनि सवारी साधनहरु पातलो चलेका छन् । बाहिर जाने लामो दुरीका गाडीहरु भने चलेका छैनन् । अधिकांश विद्यालयहरु भने आज बन्द छन् । आफ्ना सर्लाहीका नेता कुमार पौडेलको हत्या गरेको भन्दै त्यसको विरोधमा विप्लव समुहले नेपाल बन्दको आयोजना गरेको हो ।

२०७६ असार १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्