News Portal

तेस्रो पिस प्वाईन्ट कप फुटबल प्रतियोगिता भदौ १७ गतेदेखि आयोजना हुने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४२ पटक
काठमाडौं

भदौ १४, काठमाडौं – सिनामंगल स्थित पिस प्वाईन्ट बोडिङ स्कुलको आयोजनमा तेस्रो पिस प्वाईन्ट कप फुटबल प्रतियोगिता यहि भदौ १७ गतेदेखि आयोजना हुने भएको छ । सानो गौचरण फुटबल मैदानमा २३ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न विद्यालयमा  कक्षा १० सम्म अध्ययन गर्ने विधार्थीहरुको टिम सहभागी हुन सक्नेछ ।

प्रतियोगीता पुरुष र महिला दुवै टिमले सहभागिता जनाउन पाउने छन् । नकआउन चरणमा सम्पन्न हुने प्रतियोगीमा पुरुषतर्फ ३० टिम र महिला तर्फ १० टिम सहभागी हुने आकलन गरिएको छ ।बिजेता टिमलाई ट्रफि मेडल सहित क्रमश पुरुष तर्फ पहिलो हुने लाई १५००० फस्ट रनर अप लाई ७००० र तेस्रो हुनेलाई ५००० नगद तथा महिला तर्फ पहिलो हुनेलाई १०००० दोस्रो हुनेलाई ७००० र तेस्रो हुनेलाई ५००० नगद पुरस्कार साथै विभिन्न विधामा उत्कृष्ट प्रतियोगीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । यस्ता प्रतियोगीताबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने बिश्वास  लिएको पिस प्वाइन्ट स्कुलकी प्रिन्सिपल इशु गुरुङले जानकारी दिए ।

२०७५ भदौ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्