News Portal

यस्ता छन् लक्ष्मीप्रसाद देवकाेटाका उत्कृष्ट भनाइहरू

मोटिभेटन्यूज संवाददाता
१२९८ पटक

मानिस ठूलो दिलले हुन्छ, जातले हुदैन ।

सत्यका लागि त्याग गर्न नसक्नेहरू पनि वीर होइनन् |

जुवा खेल्नु निश्चय नै खराब हो तर खराब चिजबाट असल कुरा लिन सक्नु पनि विचारशील मानिसको लक्षण हो ।

मेरो दिलमा गहिरो घाउ छ । न कुनै मेरा डाक्टर छन्, न मेरो कुनै भाउ छ ।

मनुष्यको सम्पूर्ण आत्मा बुझाउने विद्या अहिलेसम्म निस्केको छैन ।

पुरुषार्थ त्यही हो, जसले सक्दछ विश्व शोभा आफनो काखमा लिन |

प्राप्तिभन्दा ध्येय ठूलो हो, पुग्नुभन्दा आशा र खोज महत्वपूर्ण हो ।

चुलीहरुलाई ताक्नु, तिर्सना राख्नु र उचाइतिर लम्कनु नै पर्वतारोही हो।

काम इच्छाबाट होइन परिश्रमबाट सिद्ध हुन्छ, सुतिरहनु अन्वेषणको मोहनी हो । यद्यपि त्यहाँ पुग्न कठिनाइ र अनेक पहाड चढनुपर्छ ।

मेरो देश नै मेरो विश्व हो, विपना हो, मेरो सत्य हो , एउटै खँदिलो अस्तित्व हो

दर्शन भय हो र कविता सत्य हो ।

जीवन दुःखपूर्ण छ जहाँ आँसु लिएर बाँच्नुपर्छ ।

घर चिन्न घर छोडौ तर घर नबिर्सौ ।

वास्तविक कविको जन्म बगैंचामा मात्र हुन्छ ।

जिवन एक चक्का हो, ठीक ठाउँ नचले बेठीक ठाउँमा चल्दछ ।

दूधको भार तिर्न नसक्ने, माया जालमा अल्झनेहरू, टाढा नदेख्नेहरू र त्रासले केही गर्न नसक्नेहरू वीर हुन सक्दैनन् |

२०७६ असार १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्