News Portal

आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२९७ पटक
काठमाडौं

भदौ १५ , काठमाडौं – पञ्चाङ्ग
वि.सं. २०७५ साल भदौ १५ गते। शुक्रबार। इश्वी सन् २०१८ अगस्ट ३१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– पञ्चमी, १९:१९ बजेउप्रान्त षष्ठी। नक्षत्र– अश्विनी, १९:१५ बजेउप्रान्त भरणी। योग– वृद्धि, १९:११ बजेउप्रान्त ध्रुव। करण– कौलव, ७:३५ बजेदेखि तैतिल, १९:१९ बजेउप्रान्त गर। आनन्दादिमा वज्र योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ५:४२ बजे, सूर्यास्त– १८:२४ बजे र दिनमान ३१ घडी ४५ पला। बिरुडा पञ्चमी। डाँछीस्थित कोलमती घाटमा स्नान। ललितपुरमा नृसिंह यात्रा (उपाकलँसाया)।

मेष– आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ ।
वृष– पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ ।
मिथुन– टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । साथै अन्नको पनि लाभ होला ।
कर्कट– आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् ।
सिंह– पढाइलेखाइमा पनि समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । टाढाको यात्राको पनि संम्भावना छ ।
कन्या– समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ ।
तुला– सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।
वृश्चिक– कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् ।
धनु– प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा लाभ लिने समय छ ।
मकर– अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
कुम्भ– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला ।
मीन– दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ ।

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला । हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

२०७५ भदौ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्