News Portal

रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६८१९ पटक
काठमाडौं

भदौ १५, काठमाडौँ – रेडियो नेपालका पहिलो गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको ९३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

उनको राति १ बजेर ७ मिनेट जाँदा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । विसं १९८२ असोज २ गते जन्मिएका रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेको उनकै निवासमा राखिने छ ।

उनले आफ्नो निधनपछि कुनै किसिमको तडकभडक नगर्न भनेकाले बिहान १० बजेपछि पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने शिष्य एवं चलचित्र निर्देशक–अभिनेता सम्राट सापकोटाले जानकारी दिएका छन् ।

२०७५ भदौ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्