News Portal

पचास ठाउँको उपनिर्वाचनको तयारीमा आयोग, कहिले हुन्छ चुनाव ?

मोटिभेटन्यूज संवाददाता
२९६ पटक

काठमाडौं – जनप्रतिनिधिविहीन रहेका स्थानिय तह, प्रदेश र संघमा उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोगले जुटेको छ ।

प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले उपनिर्वाचनको खाका बनाउने कार्य अघि बढाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार, आयोगले जनप्रतिनिधि रिक्त रहेको संघ, प्रदेश र स्थानीय तहका निर्वाचन क्षेत्रको तथ्यांक संकलन गरेको थियो । संघमा १, प्रदेशमा ३ र स्थानीय तहतर्फ ३ प्रमुख र ४३ वडाअध्यक्षको लागि उपनिर्वाचन गराउनुपर्ने छ ।

त्यसैगरी, नगरप्रमुख १, गाउ“पालिका अध्यक्ष २ रिक्त छन् । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउ“पालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पा“चथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्बाङको निधन भएकोले ती स्थान रिक्त भएको हो ।  नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

२०७६ असार १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्