News Portal

के होला आजको मौसम ? यस्तो भन्छन मौसमविद्

मोटिभेटन्यूज संवाददाता
१३०९ पटक

काठमाडौँ – मनसुन अहिले कमजोर अवस्थामा रहेकाले पानी पर्न नसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन भित्रएको भए पनि कमजोर अवस्थामा रहेकाले पानी पर्न नसकेको मौसमविद राजु प्रधानाङ्गले बताए । न्यून चापीय रेखा मध्य भारततिर रहेकाले नेपालमा मनसुन कमजोर भएको हो।

केही दिनमा सो रेखा बिस्तारै माथि जाने र नेपालतिर आएपछि मनसुन सक्रिय हुने बताइएको छ । झरी पर्ने खालको वर्षाका लागि केही दिन पर्खनु पर्ने अवस्था रहेको मौसमविद प्रधानाङ्गले बताएका छन् ।

देशभर मौसम बदली भए पनि पानी त्यति पर्न नसक्नुको कारण न्यून चापीय रेखा नेपाल नजिक नहुनु रहेको उनले बताए । बुधबार देशभरको मौसम सामान्यत बदली हुने तर पानी भने थोरै ठाउँमा मात्रै पर्ने बताइएको छ । दिनभरजसो मौसम बदली र खुल्ने क्रम जारी रहने छ ।

२०७६ असार १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्