News Portal

सफलताको कथा : आशावादी ब्यक्ति र निराशावादी व्यक्ति वीचको भिन्नता

मोटिभेटन्यूज संवाददाता
५८७ पटक

काठमाडौं – ‘म गर्न सक्छु’ यो आसावादी व्यक्तिको जीवनको मुलमन्त्र हो र ‘म गर्न सक्दिन’ यो निराशावादीको जीवनको सुस्केरा हो । मेरा शब्दहरूमा मेरो आत्माको आवाज र सत्यको बल छ । तिनीहरू कहिल्यै व्यर्थै फर्कदैनन बरू मेरो आदर्शलाई पुरा गर्नेछन् । हामीमध्ये कति यस्ता व्यक्ति छौ जसले बाइबलका यी अमुल्य शब्दका महत्व बुझ्दछन् । तर यो अटल सत्य हो कि विचारको मुर्तरूप शब्दले नै हाम्रो स्वास्थ्य स्वभाव तथा आदर्श बनाउनेछ ।

विचार केवल हाम्रो सोचाइ मात्र नभई हाम्रो स्वास्थ्य र जीवन पनि हुन् । त्यसैले मुखबाट निस्केका प्रत्येक शब्दले एउटा यस्तो शक्ति राख्दछ जसबाट प्रत्येक अंश प्रभावित हुन्छन् ।

इशाले शब्दको यस प्रबल शक्तिलाई चिनेका थिए । त्यसैले उनले भनेका थिए, ‘स्वर्ग र पृथ्वी मेटिए पनि मेरा शब्द मेटिने छैन ।’ संसारको भौतिक वस्तुहरूभन्दा इशाको शब्द बढी शक्तिशाली थिए । सम्पूर्ण बाइबलमा शब्दको महान् शक्तिको महत्व प्रमाणित भएको छ । शब्दको शक्ति नै जीवनमा प्राण बनेर बस्दछ ।
मुखबाट भनिएका शब्दमा एउटा जादु भरिएको शब्द छ जसको मनमा यसरी अमिट प्रभाव पर्दछ कि शरीरका सबै शक्तिहरू एकचोटि ती शब्दहरूलाई सत्य बनाउन जुट्न पुग्छन् । आफ्नो प्रतिज्ञालाई शब्दमा दोहो¥याउँदै र विचारलाई बताउँदै यस्तो महान् शक्ति रहन्छ जसको उपयोगले तपाईलाई नयाँ जीवन दिनसक्छ । बेरडनको युद्धमा पmान्सेलीहरुको जीतको यही मनोवैज्ञानिक रहस्य थियो ।

जर्मन सैनिकहरु फ्रेन्च भूमिमा प्रवेश गर्न सक्दैनन् भन्ने मन्त्र जनरल पिन्टेनले प्रत्यक सैनिको ह्दयमा फुकिदिएका थिए । सेनापतिको यी दृढ शब्दमा गरिएको घोषणा सा“च्चै विजयको मूलमन्त्र बन्यो यीनै शब्दका शक्तिबाट फ्रन्च सेना भयकर बमबारीलाई हाँस्दै हाँस्दै झेल्दै विजयको उन्मादमा अगाडि बढ्दै गए । यहाँसम्म कि कठोर कारावास र साक्षात मृत्युको विभीषिकाल पनि तिनीहरुको विजयको विश्वासलाई हल्लाउन सकेन एक जर्मन डाक्टरका अनुसार मृतक सैनिक मूच्र्छित अवस्थामा पनि मुठ्ठी कस्दै यसरी बर्बराउँथे जर्मन फ्रेन्च भूमिमा प्रवेश गर्ने छैन । र साँच्चै जर्मन प्रवेश गर्न सकेनन् ।

यदि तपाई पनि यही दृढताबाट आफ्नो सफलताको दृढ निश्चय गर्नुहुन्छ भने असफलताको विचार तपाईसामु आउनै सक्दैन । ती सैनिकहरुरुले जस्तै तपाईले पनि जीवनका शत्रुहरुमाथि विजय प्राप्त गर्न सक्नुहुन्छ ।

२०७६ असार २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्