News Portal

सरकार पूर्णतः असफल भैसक्यो – कांग्रेस वरिष्ठ नेता पौडेल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४३८ पटक
काठमाडौं

साउन ३१ , काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पूर्णतः असफल भएको दावी गरेका छन् । वरिष्ठ नेता पौडेलले ६ महिना नपुग्दै सरकार असफलसिद्ध भईसकेको दावी गरे ।
उनले सरकारले एउटा पनि उल्लेख्य काम नगरेको पनि बताए । वरिष्ठ नेता पौडेलले सरकारले न्यायपालिकामा समेत हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीजस्ता जनताको आधारभूत विषयमा पनि सरकार गम्भिर नभएको उनको आरोप छ । बिहिबार पार्टीको केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले सरकारले सरुवा, बढुवामा समेत एकलौटी निर्णय लिएर सर्वसत्तावादी सोच देखाएको तर्क गरे ।
उनले महंगी बढाउने, कर बढाउनेलगायतका जनताविरोधी कामबाहेक सरकारले अरु केही गर्न नसकेको पनि बताए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले प्रधानन्यायाधिशमा प्रस्तावित दिपकराज जोशीलाई अस्विकृत गरेर स्वतन्त्र न्यायपालिकामाथि गम्भिर प्रहार गरेको आरोप लगाए

२०७५ साउन ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्