News Portal

ठुलै काममा निस्किदै हुनुहुन्छ ? मौषमबारे जानकारी लिएर मात्र जानुहोस्, यस्तो छ आजको मौषम

मोटिभेटन्यूज संवाददाता
६७६ पटक

काठमाडौं – सोमबार दिउँसो देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको एक दुई स्थानहरुमा भने भारि वर्षाको सम्भावना छ ।

सोमबार राति अधिकांश भागमा बदली रहनेछ भने धेरै भू–भागहरुमा वर्षाको सम्भावना छ । राति पनि केही स्थानहरुमा भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै मंगलबार दिउँसो मुलुकका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने तथा केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । मंगलबार राति देशका धेरै भू–भागमा वर्षा हुने र केही स्थानमा भारि वर्षा हुने महाशाखाको अनुमान छ ।

बुधबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जनाइएको छ । बुधबार दिउँसो नै देशका केही स्थानमा भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार राति पनि सामान्य तथा पूर्ण बदली रही अधिकांश भागमा वर्षाको सम्भावना रहेको र केही स्थानमा भारि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

२०७६ असार २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्