News Portal

एजुकेशन फेयर असफल हुने भएपछि घर–घरबाट विद्यार्थी ओसार्दै इक्यान

मोटिभेटन्यूज संवाददाता
४०५ पटक

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले भोलीदेखि ४ दिनसम्म १३ इक्यान एजुकेशन फेयरको आयोजना गर्दैछ । विविध कारणले उक्त शैक्षिक मेला असफल हुने भएपछि इक्यानले घरघरबाट विद्यार्थी ओसार्ने भएको छ ।

विद्यार्थी ओसार्नका लागि विभिन्न पाँच रुटहरुमा बस संचालन गर्ने इक्यानले जनाएको छ । पहिलो रुट बुढानिलकण्ठ, चक्रपथ, सुकेधारा हुँदै भृकुटीमण्डप आउने छ भने दोश्रो रुट धुलिखेलदेखि कोटेश्वर हुँदै भृकुटीमण्डप प्रबेश गर्नेछ । अर्को गाडी ललिपुरबाट भृकुटीमण्डप, कृर्तिपुरदेखि भृकुटीमण्डप र थानकोट देखि मृकुटीमण्डपसम्मको रुपटमा इक्यानको बस छुट्ने आयोजकले जनाएको छ । विवादै विवाध रहेको इक्यानको १३ औं शैक्षिक मेला असफलता तर्फ धकेलिने भएपछि इक्यानको नेतृत्वले अनेक हतकण्डा मच्चाउँदै घरघरबाट विद्यार्थी उठाउन थालेको हो ।

विद्यार्थीको घरमै गएर मेलामा सहभागि गराउनभन्दा व्यवसायीहरुलाई गाउँमा वनका भेला भाग गरे जसरी एरिया भुट्यादिएको भए व्यापरमा केही सहयोग पुग्थ्योकी ?

२०७६ असार २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्