News Portal

इक्यान शैक्षिक मेला : बदनाम कम्पनीको बदमासी छताछुल्ल, व्यावसायी आक्रोसित !

मोटिभेटन्यूज संवाददाता
५०० पटक

काठमाडौं – विगतमा बदनामी कमाएर करोडौं डुवाएको वल्र्ड विजनेश म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट (डब्लुविएमसी)ले म्यानेज गरेको १३ औं इक्यान शैक्षिक मेलामा पनि बदमासी गरेको छ । उसले १३ औं इक्यान शैक्षिक मेलामा दुई ओटा प्रवेश पास बनाएर बदमासी गरेको हो । एउटै कार्यक्रममा दुई ओटा प्रवेश पास बनाएर केही व्यवसायीहरुलाई डब्लुविएमसीले सौतेनी व्यवहार गरेको छ ।

एउटा प्रवेश पासमा डब्लुविएमसीले नजिकका केही व्यवसायीहरुको विज्ञापन राखेर प्रवेश पास बनाएको छ भने अर्को पासमा विज्ञापन दाता सबैको विज्ञापनहरु राखिएको छ । शैक्षिक मेला आयोजना हुनुभन्दा केही घण्टा अगाडीसम्म एउटा प्रवेश पासलाई प्राथमिकतामा राखि विद्यार्थीहरुको हातहातमा पुर्याइएको छ ।

हेर्नुहोस प्राथमिकतामा परेको प्रवेश पास

माथिको पास विशेष गरि विद्यार्थीहरुको हातमा परेको छ भने सबैको विज्ञापन गरेको तलको प्रवेश पास कमै मात्र विद्यार्थीलाई वितरण गरिएको छ ।

भिजिट एण्ड वीन भनेर बनाएको प्रवेश पासमा सबै विज्ञापन दाताहरुको नाम उल्लेख गरिएको भएपनि त्यो प्रवेश पास विद्यार्थीहरुको हातमा परेको छैन् । उक्त प्रवेश पास पुतलीसडक, वागवजार र डिल्लिवजारका केही पसलहरुमा देखिएको छ भने अर्को प्रवेश पास विद्यार्थीहरुलाई वितरण गरिएको छ । ‘एक्स्प्लोर योरसेल्फ एट इक्यान फेयर २०१९’ भनेर बनाइएको प्रवेश पासमा डाइमण्ड स्पन्सरको नाम उल्लेख छैन भने सिल्भर स्पन्सरले पनि ठाउँ पाएको छैन । त्यस्तै स्पन्सरहरुमा पनि धेरै संस्थाहरु छुटेका छन ।

यस विषयमा कुरा गर्दा डब्लुविएमसीका संचालक बुद्धि प्रसाद रेग्मीले एउटा कार्ड पहिला बनाएकाले यस्तो भएको हुनसक्ने बताएका छन । उनले विज्ञापन दाताहरुले सहमति गर्न ढिलाई गरेका कारण उहाँहरुको नाम छुट्न गएको स्विकारेका छन । यसरी प्रवेश पासमा विज्ञापन दाताको विज्ञापन नराखी प्रवेश पास बनाउनु महाको बदमासी हो । प्रवेश पास मेला अवलोकन गर्नका लागि आवश्यक हुने चिज भएपनि स्पन्सर फाइनल हुनभन्दा पहिलै कार्ड बनाएर पछि सम्झौता गर्ने विज्ञापन दातालाई सौतेनी व्यवहार गरेको पुष्टी हुन्छ ।

प्रवेश पासमा लोगो समावेश नभएका एक जना व्यवसायीसंग कुरा गर्दा पहिला कार्ड बनाएको भएपनि त्यो कार्डको प्रयोग नगरेको भए राम्रो हुने प्रतिक्रिया दिएका छन । उनले आफ्नो लोगो छुटेकोमा केही पछुतो नभएको भन्दै भुक्तानी गर्ने वेलामा यसको हिसाव किताव खोजीने भन्दै आक्रोसित भए । मोटिभेट न्युजसंग कुरा गर्दै ति व्यवसायीले ६ महिना पछि भुक्तानी गर्दा यसको हिसाव किताव बरावर हुने उनको दावि छ ।

 

२०७६ असार २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्