News Portal

१३ औं इक्यान शैक्षिक मेला सुपर फ्लप, म्यानेजमेन्ट कम्पनीका कारण इक्यान फेयरकै बदनाम (फोटो फिचर)

मोटिभेटन्यूज संवाददाता
६४२ पटक

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा १३ औं इक्यान शैक्षिक मेला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका राष्ट्रिय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा भृकुटीमण्डपमा मेलाको सुरुवात गरिएको हो ।

विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई सहि सुचना र परामर्श दिने उद्देश्यका साथ सुरु भएको मेला २९ गते आइतबारसम्म चल्नेछ । भृकुटीमण्डपमा सुरु भएको १३ औं शैक्षिक मेलामा विद्यार्थी र अभिभावकलाई सम्बन्धित कलेजका प्रतिनिधिले प्रत्यक्ष रुपमै परामर्श दिने ब्यवस्था मिलाइएको इक्यानले जनाएको छ ।

मेलामा विद्यार्थीले विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयको छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षाका बारेमा परामर्श लिने बताइएको छ ।

विद्यार्थीको सहभागिता न्यून

आजबाट सुरु भएको मेलामा विद्यार्थीको सहभागिता भने न्यून रहेको छ । विविध कारणले विद्यार्थीहरुको सहभागिता नहुँदा व्यवसायीहरु स्टल कुरेर बस्न बाध्य छन् । विद्यार्थीहरुको नगन्य उपस्थितिले १३ औं इक्यान शैक्षिक मेला सुपर फ्लप भएको इक्यानका एक सदस्यको बताए । म्यानेजमेन्ट कम्पनीको बदमासीका कारण फेयर फ्लप भएको उनको भनाई छ ।

म्यानेजमेन्ट कम्पनीले ठग्यो

म्यानेजमेन्ट कम्पनीले राम्रोसँग स्टलहरुको व्यावस्थापन गर्न नसक्दा व्यवसायीहरु रुष्ट भएका छन् । म्यानेजमेन्ट कम्पनीले टेण्डर पाए पश्चात गरेको सम्झौता अनुसारको सुविधा नहुँदा व्यवसायीहरु रिसाएका छन् । कमसल खालको प्रविधि प्रयोग गरेर स्टल बनाएका कारण क्रिस क्रस कन्सल्टेन्सीको स्टल हावाले उडाएको छ भने ५ तारे सेवा दिन्छु भन्दै सम्झौता गरेका म्यानेजमेन्ट कम्पनीका मालिकले राम्रोसँग पंखाको पनि व्यवस्था नगरिदिँदा व्यवसायीहरु आक्रोशित बनेका हुन् । हावाले स्टल उडाएपछि उक्त कन्सल्टेन्सीका संञ्चालकले म्यानेजमेन्ट कम्पनीका मालिकलाई बोलाएर झाँको झारेको खवर छ ।

क्रिस क्रस कन्सल्टेन्सीका संचालकले म्यानेजमेन्ट कम्पनीका मालिक बुद्धिप्रसाद रेग्मीलाई बोलाएर बलियो खालको स्टल बनाउन निर्देशन समेत दिएका थिए । उनले निर्देशन दिदै भने, ‘तुरुन्तै स्टल बनाउने भए बनाउ, नत्र म फेयरबाट बाहिरिन्छु । तिमी आफै जे सुकै गर्छौ गर ।’

उनले आफ्नो स्टल हावाले उडाएको झोकमा भने, ‘विष्णुहरी पाण्डे खोई ? मलाई न्याय चाहियो । जानाजान मान्छे फसाउन पाइन्छ ?’ हावाले स्टल उडाएपछि आक्रोशित व्यवसायीलाई थामथुम पारेर रेग्मीले स्टाफलाई पुन स्टल बनाउन निर्देशन दिएका थिए ।

स्टलहरु खाली, धेरै पैसा कमाउन बदमासी

१३ औं इक्यान शैक्षिक मेलामा प्रायजसो स्टलहरु खाली छन् । म्यानेजमेन्ट कम्पनीले राम्रोसँग मार्केटिङ गर्न नसक्दा मेलामा स्टलहरु खाली भएका हुन् । म्यानेजमेन्ट कम्पनीमाथि व्यवसायीले विश्वास गर्न नसकेको कारण स्टल खाली भएका हुन् ।

इक्यान एजुकेशन फेयरको जिम्मा पाएको वल्र्ड विजनेश म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीका मालिक बुद्धिप्रसाद रेग्मीले राम्रो पैसा कमाउनका लागि कमसलखालको सामग्री प्रयोग गरेको पाइएको छ । म्यानेजमेन्ट कम्पनीले टेन्टदेखि फ्रेमसम्म फ्लेक्सदेखि स्टीकरसम्म सबैमा डुब्लिकेट समान प्रयोग गरेर इक्यानलाई ठगेको छ । कहीँ सारीको प्रयोग गरेर स्टललाई घेरिएको छ भने कहि फाटेको प्लास्टिकको प्रयोग गरेका कारण स्टलहरु खाली छन् । डब्लुविएमसीले सम्झौता अनुसार काम नगरेर इक्यानलाई ठगेको छ ।

५४ फोटामा हेर्नुहोस १३ औं इक्यान फेयरको झलक ।

२०७६ असार २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्