News Portal

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी अकस्मात् किन आए नेपाल ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
९५०३ पटक
काठमाडौं

भदौ १५, काठमाडौं – भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी शुक्रबार दिउँसो नेपाल आइपुगेका  छन्।  गान्धी सामान्य ढंगले दुई सहयोगीको साथमा नेपाल आएका छन्।

स्रोतका अनुसार उनी  निजी भ्रमणका लागि नेपाल आएको बताइएको छ। उनी नेपाल हुँदै मानसरोबर जाने बुझिएको छ। गान्धी इन्डिगोको जहाजबाट केहिबेर अघि  काठमाडौं आएका हुन्। बिम्स्टेक सम्मेलनमा सहभागी हुन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमै रहेका बेला विपक्षी दलका नेतासमेत रहेका गान्धी नेपाल आइपुगेका छन् ।  शुक्रबार काठमाडौंमै बस्ने र शनिबार नेपालगञ्ज जाने कार्यक्रम सार्वजनिक भए पनि अन्य  भ्रमण तालिका भनेखुलाइएको छैन ।

२०७५ भदौ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्