News Portal

१३ औं इक्यान शैक्षिक मेला सुरु (फोटो फिचरसहित)

मोटिभेटन्यूज संवाददाता
६५९ पटक

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा १३ औं इक्यान शैक्षिक मेला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका राष्ट्रिय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा भृकुटीमण्डपमा मेलाको सुरुवात गरिएको हो ।

विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई सहि सुचना र परामर्श दिने उद्देश्यका साथ सुरु भएको मेला २९ गते आइतबारसम्म चल्नेछ । भृकुटीमण्डपमा सुरु भएको १३ औं शैक्षिक मेलामा विद्यार्थी र अभिभावकलाई सम्बन्धित कलेजका प्रतिनिधिले प्रत्यक्ष रुपमै परामर्श दिने ब्यवस्था मिलाइएको इक्यानले जनाएको छ ।

मेलामा विद्यार्थीले विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयको छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षाका बारेमा परामर्श लिने बताइएको छ ।

 

२०७६ असार २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्