News Portal

बर्दगोरियामा मनाइयो एघारौँ राष्ट्रिय पुस्तकालय दिवस

राजेन्द्र रावलकाठमाडौं
३०७ पटक
काठमाडौं

भदौ १५,बौनिया – एघारौ राष्ट्रिय पुस्तकालय दिवस एक कार्यक्रमको आयोजनाका बिच बर्दगोरिया गाउँपालिका  वडा नं. १ मा रहेको बसन्त मुरारी माध्यमीक बिद्यालयमा मनाइएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष वलीराम डगौरा थारुको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष भगवती देवी डगौरा थारु,गाउपालिकाका कार्यकारी अधिकृत अर्जुन सिह कार्की, वडा नं.२,३ र ५ का अध्यक्ष क्रमसः भेखुराम चौधरी,करने सुनार,श्याम कुमारी चौधरी लगायत कार्यपालिका सदस्य,बर्दगोरिया गाउँपालिका  भित्र रहेका १७ वटै सामुदायीक बिद्यालयका प्राधानाध्यापक, शिक्षक,बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बिद्यार्थी लगायतको उल्लेख्य सहभागीता रहेको थीयो । कार्यक्रममा गाउँपालिका  भित्र रहेका माध्यमीक बिद्यालय बाट एक छात्र र एक छात्राले समृद्ध समाज निर्माणका लागी पुस्तकालयको महत्व बिषयमा रहेर आ–आफ्नो भनाई राखेका थिए ।

समृद्ध पुस्तकालय : सृदृढ समाज मुल नारा रहेको यस बर्षको पुस्तकालय दिवस बिगत ११ बर्षदेखी नेपाल सरकारले सञ्चालन गर्दै आइरहेको बर्दगोरिया गाउँपालिका  शिक्षा साखाका निरीक नन्द लाल कर्णले जानकारी दिए । कार्यक्रममा बिभीन्न बिद्यालयबाट सहभागी बिद्यार्थीहरुले बिभीन्न सांस्कृतीक प्रस्तुतीहरु पश्कनुका साथै कवीता,भावना लगायत का प्रस्तुतीहरु वाचन समेत गरेका थिए । कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष वलीराम डगौरा थारुले गाउँपालिकाले एक पुस्तकालयको आवश्यकता महसुस गरीरहेको कुरा उल्लेख गर्दै त्यसतर्फ गाउँपालिकाले छीट्टै बिशेष निर्णय गर्नै कुरा व्यक्त गरे । थारुले आफु एक शिक्षा प्रेमी भएको कुरामा जोड्दै आफु सधै गुणस्तरीय शिक्षाको पक्षमा रहदै आएको र सामुदायीक बिद्यालयको गुणस्तर बृद्धीमा आफ्नो निरन्तर पहल रहीरहने कुरा समेत व्यक्त गरे । बसन्त मुरारी माध्यमीक बिद्यालयका प्राचार्य भुमी प्रकास बमको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन बसन्त मुरारी माध्यमीक बिद्यालयका सहायक प्राचार्य राकेश हमालले गरेका थिए ।

२०७५ भदौ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्