News Portal

तपाई रक्सीको लतमा फस्नुभएको छ ? पढ्नुहोस छुटकरा पाउने तरिका

मोटिभेटन्यूज संवाददाता
४६३ पटक

काठमाडौं – सफलताका लागि प्रेरणादायी खुराकहरु पस्किदै आएको यस डिजिटल पत्रिकाले आज रक्सीको लतमा फसेकाहरुका लागि कसरी छुटकारा पाउन सकिन्छ भन्ने वारेको एउटा लेख यहाँहरको माझमा राख्दै छौं ।

आफ्नो जीवनलाई उच्च बनाउने सर्वोत्तम ढंग यो हो, ‘आफूलाई ठीक ढंगले चिन्नुहोस् र आफैसँग एक घनिष्ट मित्रसँग जस्तै कुरा गर्नुहोस् । यसो गर्दा तपाईंले आफ्नो थुप्रै कमीहरुलाई टाढा भगाएर महान् विशेषताहरु उत्पन्न गर्न सक्नुहुन्छ ।

साथिहरुले रक्सी खान आग्रह गर्दा आाफू कसरी बचें भन्नेबारे एडिसनले आफ्नो अनुभव बताउँदै यस्तो लेखेका छन्– ‘मैले सोचें, ठिक छ पहिला म विचार गर्छु । म आफ्नो सम्पूर्ण शारीरिक एवम् मानसिक शक्तिहरुको पूरा लाभ उठाउन चाहन्थें । त्यसैले उन्नतिको यस महान् शत्रु रक्सीलाई मुखमा राखेर आङ्खनो भविष्यलाई अन्दकारपूर्ण बनाउन चाह“दैनथें । त्यसपछि मैले दृढ निश्चयपूर्वक भनें– म मनुष्यको महाशत्रु यस रक्सीलाई छुँदै छुन्न ।’

यदि तपाईंमा पनि कुनै खराबी आएको छ भने त्यसदेखि नडराउनुहास्, निराश पनि नहुनुहास्, बरु त्यसलाई टाढा भगाउने प्रयत्न गर्नुहोस् । सधैं याद राख्नुहास्, तपाईंको शरीरमा एउटा यस्तो शक्ति छ जुन कहिल्यै पनि कुनै खराब कुरासँग हार्दैन । आफैसँग भन्नुहास्, ‘यदि इश्वरले मलाई बनाएको हो भने ममा इश्वरीय गुण पनि अवश्य छ । यी खराब कुराहरुमाथि विजय पाउने शक्ति पनि मसँग छ ।

मेरा स्वर्णिम भविष्यलाई अन्धकारपूर्ण बनाइरहेका यी खराबीहरु– ‘मेरो पुरुषत्वको अपमान हो, मेरा भावि पति–पत्नी वा बच्चाहरुप्रति अन्याय हो । अबदेखि म तिनीहरुलाई आफ्नो जीवन बर्बाद गर्न दिन्न । कहिल्यै पनि ती खराबीलाई जीवनमा स्थान नदिन म आज पवित्र प्रण लिन्छु । यसले मेरो ईश्वरीय रुपमाथि धब्बा लगाउछन् र जीवनभरको लागि मलाई असफलता र अपमानको गहिरो खोंचमा खसाल्छन् ।’

२०७६ असार २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्