News Portal

मौसम खराबीका कारण जहाँज आकस्मिक अवतरण, ३७ जना घाइते

मोटिभेटन्यूज संवाददाता
१८०६ पटक

अमेरीका – मौसमको खराबीका कारण अमेरिकाको हवाई राज्यस्थित होनोलुलुमा विमान हल्लिएपछि आकस्मिक अवतरण गरिएको छ । एअर क्यानाडाको विमान मौसममा खराबीका कारण आकस्मिक अवतरण गरिँदा ३७ जना घाइते भएका छन ।

एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो ।उक्त विमानमा २६९ जना यात्रु र १५ जना चालक दलका सदस्य रहेका थिए । उडिरहेको विमान मौसमको खराबीका कारण हल्लिएको बताइएको छ ।

जहाजमा बसिरहेका यात्रुहरुले त्यस समयमा ‘सिटबेल्ट’ नलगाएका र जहाज मौसमका कारण अकस्मात हल्लिन थालेपछि यात्रुहरु जहाजका विभिन्न भागमा ठोक्किन पुगेका थिए ।

यहीक्रममा यात्रीहरु घाइते भएका एयर क्यानाडाले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।अस्पताल भर्ना भएकामध्ये नौ जना गम्भीर रुपमा घाइते भएको एयरलाइन्सले जनाएको छ ।

२०७६ असार २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्