
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको प्रकोपप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनले बाढीसँगै उद्दारका लागि तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको र पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेको जनाएका छन् ।
सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुईदेशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको प्रधानमन्त्रीले जनाएका छन् ।
हिजोदेखिको अविरल वर्षाका कारण आएको बाढीमा परी ६ जनाको ज्यान गुमेको छ भने ७ जना बेपत्ता हुनु भएको छ । बाढीले ४०० घरमा क्षति पुर्याएको छ । प्रकोपप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) July 12, 2019
बाढीसँगै उद्दारका लागि तदारुकतासाथ सुरक्षाकर्मी परिचालन गरिएको छ र पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय छन् । सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुईदेशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको छ ।
— K P Sharma Oli (@kpsharmaoli) July 12, 2019
२०७६ असार २७ गते प्रकाशित
