News Portal

मदिरा सेवनमा कडाइ, किन्दा बुवाको र सेवनकर्ताको नाम अनिवार्य

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३८० पटक
काठमाडौं

भदौ १५,सुर्खेत – के तपाई मदिराजन्य पदार्थ सेवन गर्नु हुन्छ ? अब होस् गर्नुहोस् कर्णाली प्रदेश सरकारले मदिरा कारोबारमा कडाइ गर्ने भएको छ । मदिराको सहज कारोबारले विकृति/विसंगति बढेको दाबी गर्दै प्रदेशको गृह अर्थात् आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मदिरा सेवन गर्नेको विस्तृत विवरण उल्लेख गरेपछि मात्र व्यवसायीले बिक्री गर्न दिने व्यवस्था गर्न लागेको छ ।

चालु आवको स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक गर्दै मन्त्रालयले आवश्यक नीति बनेसँगै सेवनकर्ताको नाम बुवाको नाम र उमेर लेखाए मात्र बिक्री अनुमति व्यवस्था गर्न लागेको जनाएको हो ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले मदिरा बिक्रीवितरणमा कडाइ गरिने बताए । ‘अहिले घरेलु हिंसादेखि अन्य अपराधमा मदिराको नाम बढी आउने गरेको छ,’ उनले भने, ‘मदिरा सेवनका कारण हुने घटनालाई निस्तेज पार्न मदिरा सेवन गर्नेको बुवाको नाम, सेवनकर्ताको नाम, उमेरसहित पूरा विवरण लिएर मात्रै मदिरा बिक्री वितरण गर्ने प्रावधान गर्न लागेका हौं ।’ मदिराबाहेक अन्य लागूऔषधका हकमा भने कडा कारबाही गर्ने र त्यसलाई पूरै बन्देज लगाइने उनले बताए ।

२०७५ भदौ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्