News Portal

वार्ताका लागि विप्लवका तीन शर्त, सरकार अलमलमा ?

मोटिभेटन्यूज संवाददाता
३९४६ पटक

काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वार्ताका लागि सरकारसँग तीन वटा शर्त अघि सारेको छ । बीबीसी नेपालीको साप्ताहिक कार्यक्रम विविसी बहसमा रमा पराजुलीसँग कुरा गर्दै विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य गुणराज लोहनीले वार्ता गर्न नेकपामाथिको प्रतिबन्ध हटाउनु पर्ने, शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न दिनु पर्ने र संसदीय व्यवस्थाको विकल्पमा नयाँ व्यवस्था स्थापना गर्न सरकार तयार हुनु पर्ने बताए ।

त्यस्तै, सरकारले आफ्नो पार्टीमाथि पञ्चायतकालको भन्दा पनि चर्को दमन गरेको र यदी सरकारले अहिलेकै रवैया जारी राखे आफ्नो पार्टीले कडा प्रतिरोध गर्ने चेतावनी समेत दिए । उनले भने, नेकपाले हतियार उठाउने कहिल्यै भनेको छैन । तर तिमीहरु हतियार लिएर आउँछौ भने हामी पनि तयार छौ नेता लोहनीले भने ।

सोही कार्यक्रममा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य अग्नि सापकोटाले वार्ताका लागि उपयुक्त वातावरण भएको बताए । यदि यो अवस्थामा वार्ता नभए सरकार, विप्लव र देशलाई ठूलो क्षती हुने भएकाले राजनीतिक मुद्दालाई वार्ता र संवादको माध्यमबाटै सामाधान गर्न सरकार तयार रहेको बताए ।

२०७६ असार २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्