News Portal

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, के के भयो सम्झाैता ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३४७ पटक
काठमाडौं

भदौ १५, काठमाडौं – बिमस्टेक सम्मेलनको लागि काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । होटल सोल्टीमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयका साथै एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीहरुको उपस्थितिमा रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणको लागि प्रारम्भिक इन्जिनियरिङ अध्ययनको विषयमा दुई देशबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झाैतापत्रमा नेपालका तर्फबाट भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र भारतका तर्फबाट नेपालका लािग भारतीय राजदूत मञ्जीभसिंह पुरीले हस्ताक्षर गर्नुभएकाे हाे ।

२०७५ भदौ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्