News Portal

कम्युनिस्ट नेता गैरेको श्रद्धाञ्जली सभा सम्पन्न

मोटिभेटन्यूज संवाददाता
५३७ पटक

काठमाडौं – कम्युनिस्ट नेता रुकमांगत गैरेको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जी घर भएका नेता गैरेको श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

सोही वडाका पूराना कम्युनिष्ट नेता तथा नेकपाका सल्लाहाकारसमेत रहेका रुकमांगत गैरेको निधनमा नेकपाले श्रद्धाञ्जली सभाको अयोजना गरेको हो । गैरे पार्टी सदस्य हुमकला गैरेका श्रीमान एवं संवाद क्लबका अध्यक्ष एवं पत्रकार राम गैरै, थानेश्वर गैरे तथा मुकुन्द गैरैका पिता हुन । श्रद्धाञ्जली सभामा बोल्दै नेकपा अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका अध्यक्ष दामोदर बेल्वासे, डिलाराज गैरै लगायतले पार्टीका पुराना नेता तथा अभिभाव एवं इमान्दार तथा कमर्ठ व्यक्तिको निधनले पार्टीमा ठुलो क्षति भएको बताए ।

यस्तै उनले इमान्दरा नेता गैरैले अनुसरण गरेको बाटोलाई अगाल्दै सुखी नेपाली समद्ध नेपालको बाटोमा देशलाई अँगाडी बढाउने प्रतिवद्धता समेत जनाएका छन । ठाकुर प्रसाद बेल्वासेले सञ्चालन गरेको कार्यक्रममा दर्जन भन्दा बढी नेकपासँग सम्त्रद्ध नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

त्यस्तै श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मृतक गैरेका भाई विनाराम गैरेले दाईको निधनले परिवारमा ठुलो क्षति भएको बताए ।

स्वर्गीय रुकमांगत गैरे यही असार १७ गते काठमाडौको ब्लुक्र हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो । स्वगीय गैरेका तीन छोरा र एक छोरी रहेका छन् ।

२०७६ असार २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्