News Portal

आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३९६ पटक
काठमाडौं

भदौ १६, काठमाडौं – पञ्चाङ्ग वि.सं. २०७५ साल भदौ १६ गते। शनिबार। इश्वी सन् २०१८ सेप्टेम्बर १ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– षष्ठी, १८:२८ बजेउप्रान्त सप्तमी। नक्षत्र– भरणी, १९:०६ बजेउप्रान्त कृत्तिका। योग– ध्रुव, १७:२७ बजेउप्रान्त व्याघात। करण– गर, ६:५७ बजेदेखि वणिज, १८:२८ बजेउप्रान्त भद्रा। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– मेष, २५:०० बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ५:४३ बजे, सूर्यास्त– १८:२३ बजे र दिनमान ३१ घडी ४१ पला। त्रिपुष्कर योग १९:०६ बजेपछि।

मेष– बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ । पुरानो गतिले पनि काम बिग्रन सक्छ ।

वृष– परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ ।

मिथुन– विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

कर्कट– आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

सिंह– कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कन्या– स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहनेछन् ।

तुला– व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला ।

वृश्चिक– विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्यजस्ता क्षेत्रमा रुचि बढ्नेछ ।

धनु– सामाजिक कामको दायित्व बढ्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ ।

मकर– बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।

कुम्भ– आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बधाउन सक्छ। (

मीन– गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ ।

 कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला । हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला । ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

२०७५ भदौ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्