News Portal

प्रहरीको पछिल्लो अपडेट, मृतकको संख्या ४३ पुग्यो (सुचीसहित)

मोटिभेटन्यूज संवाददाता
३५४ पटक

काठमाडौं – अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार शनिवार बेलुका ९ बजेसम्ममा ४३ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता छन् ।

मृतकहरुको संख्या ४३ जना

अविरल वर्षात र सो का कारण सिर्जित बाढि पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ ,ओखलढुंगा र काभ्रेमा ३÷३ जना, धादिङ , झापा, सिन्धुलीमा २÷२ जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा , धनुषा चितवन र डोल्पामा १र१ जना गरी ४३ जनाको मृत्यु भएको छ । मृतकहरु मध्य १८ जना महिला र २५ जना पुरुष रहेको ।

उद्धार गरिएको संख्या (११०४ जना)
बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सर्लाहीमा १०० जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १÷१ जना गरी जम्मा ११ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

घाईते हरुको संख्या २० जना
बाढी पहिरोमा परी मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ्ग, धादिङ्ग, चितवन, दोलखा र रामेछापमा १र१ जना गरि २० जना घाईते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बेपत्ताहरुको संख्या (२४ जना)
सिन्धुली ६ जना, ईलाम र मोरंगमा ३÷३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ्ग, काठमाडौं, ललितपुरमा १÷१ जना गरि २४ जना बेपत्ता भएका छन् ।

२०७६ असार २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्