News Portal

भारतीय बाँधका कारण तराई डुवेपछि मद्येसी युवाले गुहारे विप्लव

मोटिभेटन्यूज संवाददाता
२६९५ पटक

काठमाडौं – भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा तराई डुबानमा पर्‍यो । भारतले दशगजा क्षेत्रमा बनाएको बाँधका ढोका खोल्न नेपालले गरेको आग्रहलाई नटेरेपछि मद्येसका युवाले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई बाँधमा बम हानेर भत्तकाउन आग्रह गरेका छन । गौर र आसपासका बस्ती डुबानमा परेपछि रौतहडका यूवाहरुले विप्लपलाई बम हानेर जनतालाई बचाउन आग्रह गरेका छन । तर अहिले बाढीले बाँधको ढोका भत्काएपछि पानीको सतह घटेको छ ।

भातरले ‘रोटी र बेटी’ को सम्बन्ध भन्ने तर पानी थुनेर आफूहरुलाई मार्न खोजेको भन्दै मधेसी युवाहरुले भारतको विरोध समेत गरेका छन् । उनीहरुले सामाजिक संजालमा भारत विरोधी स्टाटस लेखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मो्दिको विरोध गरेका छन । उनीहरुले ‘गो ब्याक इन्डिया’ समेत भनेका छन् ।

शनिबार विहान रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले पानीको निकासका लागि बाँधका ढोका भारतीय समकक्षीलाई अपील गरेको तर नखोदिएको भनेपछि त झन् युवाहरुले त्यस्ता स्टाटस लेख्नेको संख्या बढेको थियो ।

मदन ठाकुरले भारत कति निर्दयी रहेछ भन्ने कुरा बल्ल बुझेको लेखेका छन् । उनले यस्तो लेखेका छन, ‘भारत निर्दयी रहेछन् भन्ने बल्ल बुझियो । ‘घाँटी थिचिथिची मारिरहेका छन् हामीलाई । बेलैमा ध्यान पुर्‍याऊ सरकार ।’

त्यस्तै शम्भु साहले रोटीबेटीको सम्बन्ध यस्तै हुन्छ ? भनेर प्रश्न गरेका छन् । त्यसैगरी कतिपय युवाहरुले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसँग बम हानेर बाँध भत्काउन आग्रह समेत गरेका छन् । श्याम महतो र रमेश साहले सधै नेपाली बस्ती डुबानमा पार्ने भारतीय बाँधहरु बम हानेर भत्काउनु पर्ने बताएका छन् । उनीहरुले बम हानेर बाँध भत्काउने विप्लवसँग आग्रह गरेका छन् ।

त्यस्तै भारतले सप्तकोशीका ढोका बन्द गर्न दवाव दिएको खबर पाएका युवाहरुले भारतविरुद्ध खुलेर बोल्न थालेका छन् । उनीहरुले आफूहरुले डुबानमा बसेर रोटीबेटीको सम्बन्ध नचाहिएको समेत लेखेका छन् ।

पानीको सतह बढेसँगै बाँध फुटेपछि भारत बाध्य भएर ढोका खोलेको छ । शनिबार दिउँसो भारतीय गाँउ भकुरहर नजिकै बाँध फुट्यो । त्यसपछि गौर र वरपर पानीको सतह केही घटेपनि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्किएको बाँध तत्काल मर्मत गरेको छ । फेरि बाँध फुटेर ठूलो क्षति हुने डरले भारतले बाँधका केही ढोका खोल्‍यो ।

२०७६ असार २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्