News Portal

सफलतको कथा : खुशी बन्ने सरल तरिका

स्विट मार्टेन
४१९ पटक

काठमाडौं – एक टेलिभिजन कार्यक्रममा एक टेलिभिजन हस्तिको रुपमा एउटा भलादमी ब्यक्ति आए । उनी दुर्लभ ब्यक्ति थिए । उनको कुराकानी विल्कुल रिहर्सलविनाको थियो । उनी तयारी विनानै बोलिरहेका थिए । उनको ब्यक्तित्व प्रफुल्लित थियो । उनको कुरा उनको ब्यक्तित्वबाट सहज रुपले बाहिर निक्लिरहेको थियो ।

उनको सहज र सटिक भनाईबाट कार्यक्रम हेर्ने ब्यक्ति उनी प्रति रुचि लिन्थे । टेलिभिजनको प्रस्तोता पनि उनीबाट प्रभावित भए । उनले पनि उनको कुराको आनन्द लिइरहेका थिए । अन्त्यमा उनले ति व्यक्तिसित सोेधे, ‘तपाईको खुशीको रहस्य के हो ?’ ति भलादमीले उत्तर दिए, ‘मेरो खुशीको कुनै ठुलो रहस्य छैन । यो ज्यादै सरल छ । म विहान उठ्दा मसित २ विकल्प हुन्छन्, ‘याता म खुशी रहुँ या दुःखी । तपाईलाई के लाग्छ मैले कुन विकल्प रोज्छु ? म केवल खुशी रहने विकल्प रोज्छु । यो नै मेरो खुशीको रहस्य हो ।’

ति भलादमीले सतही कुरा गरिरहेको लाग्न सक्छ । अव्राहम लिंकनको शब्दमा, ‘खुशी रहने विकल्प छनोट गर्ने मानिस नै खुशी हुन्छन ।’ के छनोट गर्ने त्यो तपाईकै विचार हो । दुःखी हुने विकल्प रोज्नुहुन्छ भने अवश्यनै दुःखी बन्नुहुन्छ । तर यसको सट्टा सबै कुरा राम्रो भइरहेको छ भन्ने सोच्नुहुन्छ भने जीन्दगी ज्यादै खुशी बन्छ । हामी आफ्नो दुःखको निमार्ण आफै गछौं । तर हाम्रो सारा दुःखको कारण हामी आफै मात्र हुँदैनौं, सामाजिक परिस्थिति पनि हाम्रो दुःखको कारण हुन्छ ता पनि सत्यता के हो भने धेरै हदसम्म हाम्रो विचार र हाम्रो रवैयाले हामीलाई जीवनमा खुशी र दुःखी बनाउँछ ।

एक प्रसिद्ध ब्यक्तिको भनाई छ, ‘पाँच मध्य चार मानिस त्यति खुशी छैनन, जति की ति हुन सक्छन ।’ उनी पुनः अगाडी भन्छन, ‘दुःख आम मानसिक स्थिति हो ।’ खुशी हुनु सबै ब्यक्तिको मुलमुत इच्छा हुन्छ । सुख हाँसिल गर्न सकिन्छ । हासिल गर्ने प्रक्रिया पनि जटिल छैन । घृणा, द्धेष, दुर्भावनाको भाव आफ्नो चेतनामा भरेर हामी आफ्नो दुखलाई बृद्धि गर्दछौं ।

खुशी या दुःखी हुनु हाम्रो मानसिक आदत हो जसलाई हामी विकसित गर्छौं । तपाईले खुशी हुने आदत बसाउनु भयो भने तपाईको जीवन एक लामो उत्सव बन्दछ । तपाईले प्रत्यक क्षण प्रत्येक दिनको आनन्द लिन सक्नुहुनेछ । खुशी हुने आदतले वास्तवमै खुशी हुनुहुनेछ । सुखको आदत खुशी चिन्तनको अभ्यासबाट विकसित हुन्छ । यसको निमित्त तपाईले दिनको सुरुवात सकारात्मक रुपले गर्नुपर्छ । आफ्नो जीवनलाई प्रेमले भर्नुहोस, सरल रहनुहोस, थोरै आशा राख्नुहोस बढि दिनुस । खुशी बाढ्दै जानुहोस । अरुको वारेमा सकारात्मक सोच राख्नुहोस । यो आदतलाई केही समयसम्म प्रयोग गरि हेर्नुहोस । तपाईमा आश्चर्य जनक परिवर्तन आउनेछ । संसारमा सुखको बाट खोज्ने मानिस असंख्य छन । हामी यो बाटो खोज्ने कोशिश गर्यो भने आफ्नो जीवनलाई छोटो समयमा बदल्न सक्नेछौं । तथा खुशी जीवन बाँच्न सक्नेछौं ।

२०७६ असार २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्