News Portal

असार ३१ गते विप्लव नेकपाको शैक्षिक हड्ताल

मोटिभेटन्यूज संवाददाता
११०१ पटक

कैलाली – सरकारद्धारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार ३१ गते कैलाली जिल्ला भरी शैक्षिक आमहड्ताल गर्ने घोषणा गरेको छ । सर्वोच्च अदालतको आदेश पछि रिहा भएका विप्लव नेकपा कैलालीका विद्यार्थी नेता बबरजंग सिंहलाई प्रहरीले पुन पक्राउ गरे पछि विद्यार्थी नेताको रिहाईको माग गर्दै शैक्षिक आमहड्तालको घोषणा गरेको हो ।

शुक्रबार सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिए पछि कैलाली जिल्ला अदालतले रिहा गरेको थियो । रिहा गरे पछि कैलाली प्रहरीले उनलाई पुन पक्राउ गरेको थियो । सर्वोच्चको आदेश समेत नमान्ने सरकार र प्रहरी प्रशासन प्रति खेद ब्यक्त गर्दै आफ्ना संगठनका बिद्यार्थी नेता लाई बिना कसुर सुनियोजित ढंगबाट पक्राउ गरेको भन्दै विज्ञप्ती जारी गर्दै पार्टीले विरोध जनाएको थियो ।

पक्राउ परेका नेता सर्वोच्चको आदेशमा छुटेको भए पनि असार २७ गते पुनः फासीबादी सरकार र हैकमवादी गृह प्रशासनले गुन्डागर्दी शैलीमा पुनः प्रक्राउ गरेको प्रति घोर अपत्ति जनाएको छ । साथै यस्तो गलत नियतको मुद्धा खारेजीको जोडदार माग गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

पार्टीले विज्ञप्ती मार्फत असार २९ गते प्रचारप्रसार, ३० गते कोण सभा र ३१ गते कैलाली जिल्ला भरी शैक्षिक हड्ताल गर्ने कार्यतालिका यस अघि नै घोषणा गरेको थियो । प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार ३१ गते कैलाली जिल्लाका शैक्षिक संस्थाहरुमा परिक्षा सञ्चालनमा पनि अवरोध गर्ने जनाएको छ

२०७६ असार ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्