News Portal

विप्लव–सरकार वार्ता : पहिलो चरणको छलफल सकियो, दोश्रो चरण आज

मोटिभेटन्यूज संवाददाता
९१५ पटक

काठमाडौं – नेक्रविक्रम चन्द्र (विप्लव)ले नेतृत्व गरेको नेकपामाथि प्रतिबन्ध लगाइएको चार महिनापछि वार्ताका लागि छलफल भएको छ । पहिलो पटकको छलफलमा नेकपाका शीर्ष नेता र सरकारी टोली सहभागि भएको बताइएको छ ।

गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीका पूर्व संयोजक सोमप्रसाद पाण्डेको भनाइ छ ।

सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गरेका थिए  भने विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए । उनको नाम गोप्य राखिएको छ ।

‘यो प्रारम्भिक चरणकै छलफल हो, त्यसैले धेरै कुरा भन्न मिल्दैन । तर, छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको छ,’ पाण्डेले भने ।

सरकारले गत २८ फागुनमा विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । यसैबीच दुई पक्षबीच औपचारिक छलफल हुन सकेको थिएन ।

त्यस्तै दोश्रो चरणको छलफलका लागि सरकारी वार्ता टोलीका पूर्वसंयोजक सोमप्रसाद पाण्डे नेपालगंज पुगेका छन । उनले नेपालगंजमा विप्लव नेतृत्वको नेकपाका शिर्ष नेतृत्वलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ । नेपालगंजमा सकेसम्म विप्लवसम्मै पुगेर कुरा गर्ने नसकेको पोलिटव्यरो सदस्यहरुसंग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

२०७६ असार ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्