News Portal

पहिलो श्रीमानका विषयमा सिल्पाले मुख खोलीन, को हुन उनको पहिलो श्रीमान ?

मोटिभेटन्यूज संवाददाता
१३१५३ पटक

काठमाडौं – नायिका शिल्पा पोखरलले आफ्नो पहिलो श्रीमानको बारेमा मुख खोलेकी छन । एक युट्युव अन्तवार्तामा उनले आफ्नो विहे नभएको तर प्रेमीले श्रीमति भनेर सम्बोधन गर्ने गरेकाले अहिलेको श्रीमान छवि ओझाले आरोप लगाउने गरेको बताइन ।

पति छविराज ओझाले यही विषयलाई लिएर आरोप लगाउने गरेको बताइन । श्रीमान ओझा विरुद्ध सम्बन्ध विच्छेद मुद्दा दायर गरिसकेको बताएउने पोखरेलले सम्बन्धका ३ वर्षमा सधै शंका र यातना भोग्नु परेको दाबी गर्दै आएकी छन । ‘अब म सुखी भएर बाच्न चाहन्छु, धेरै रोएँ । अहिले त उसको अनुहार पनि हेर्न मन लाग्दैन ।’

उनले छविकी पूर्व पत्नी रेखा थापा र आफूबीच बीचमा दोस्ती भएको खुलाइन् । रेखाले छविसँग घरमा बसेवापत ५ हजार तिर्नुपरेको र सधै यातना भोग्नुपरेको सुनाएको उनले स्मरण गरिन् । शिल्पाले अघिल्लो हप्ता छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

झगडा हुँदा सधैजसो घाँटी अठ्याउने गरेको उनको आरोप छ । शिल्पाले थपिन्, ‘त्यो दिन उहाँले घाँटी थिचेको थिच्यै गरेपछि गरेपछि लात्तीले हिकाएर राति नै घरबाट हिडेको हो । अरु बेला एकछिन थिचेर छाडिदिनुहुन्थ्यो ।’

फेरि अर्की महिला नफसून भनेर आफू मिडियामा आएको उनले सुनाइन् । ‘उहाँ मिडियामा फेरि यसरी हिड्ने हो । अर्को केटी फसाउनका लागि । अर्को केटी नफसोस्, यही लागेर अगाडि आएर आएँ ।’

हेर्नुहोस उनको भिडियो

२०७६ असार ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्