News Portal

आजबाट बढ्यो इन्टरनेटको शुल्क, तपाईको भागमा कति ?

मोटिभेटन्यूज संवाददाता
६६९ पटक

काठमाडौं–  इन्टरनेट सेवा प्रदायकले आजबाटै लागूहुनेगरी इन्टरनेटको शूल्क १३ प्रतिशतले बढाएको छ ।

गत वर्ष भएको सहमति सरकारले कार्यान्वयन नगर्दा आफूहरुमाथि आर्थिक भार थपिएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका हुन् । अब सेवाग्राहीले तिर्ने इन्टरनेटको मूल्यमा १३ प्रतिशत भार थपिने भएको हो।

सरकारले दूरसञ्चार नियमावली संशोधन गरी दूरसञ्चार सेवा शुल्कको ५० प्रतिशत रकम कर छुट हुने व्यवस्था गरिदिने र ५० प्रतिशत दूरसञ्चार सेवा प्रदायकले ब्यहोर्ने गरी गत वर्ष सहमति गरेको भए पनि कार्यान्वयन नहुँदा अन्ततः आफूहरु मूल्य बढाउन बाध्य भएको इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले बताए ।

२०७६ साउन १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्