News Portal

बिमस्टेक सम्मेलन सफल पार्न नागरिकले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दछु – प्रधानमन्त्री ओली

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४३ पटक
काठमाडौं

भदौ १६, काठमाडौं – भदौ १४ र १५ गते काठमाडौंमा आयोजित प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन १८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन सकिएलगत्तै अब वौद्धिक जगतबाट यसको समीक्षा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, बंगालादेशकी प्रधानमन्त्री शेख हिसना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत च्यान ओचा  सम्मेलनमा सहभागी तहेको थियो।

भिभिआइपीको सवारीले गर्दा काठमाडौं सडकमा पैदल यात्रीदेखि गाडीमा सवार धेरैले सास्ती भोग्नु परेको थियो। कार्यक्रम सक्के लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै  बिम्स्टेक सम्मेलनका विशिष्ट अतिथिहरुलाई स्वागत गर्ने क्रममा राजधानीको सवारी आवागमनमा उत्पन्न कठीनाइ झेल्दै सम्मेलन सफल पार्न नागरिकले खेलेको भूमिकाको  उच्च प्रशंसा गर्दै यस्ता उच्चस्तरीय कार्यक्रममा समेत आवागमन प्रभावित नहुनेगरी दीर्घकालीन भौतिक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिने बताएका छन्  ।

२०७५ भदौ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्