News Portal

धनगढी बम विस्पोटको रहस्य खुल्यो

मोटिभेटन्यूज संवाददाता
१८१६ पटक

काठमाडौं – बिहिबार कैलालीको धनगढी उपमहानगर–३, शहीद गेटमा भएको शक्तिशाली बम विष्फोटको रहस्य खुलेको छ । उक्त खटनामा विप्लव नेकपाका कार्यकर्ताले बोकेको बम विस्पाटे भएको खुलेको छ ।

बिहीबार साँझ निलम होटल अगाडि भएको विस्फोटमा ५ जना घाइते भएका छन् । घटनाको अनुसन्धानका लागि खटिएका प्रहरी अधिकृतहरुले विप्लव नेकपाका कार्यकर्ताको संलग्नता भएको बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदिप गिरीका अनुसार ग्यासको सिलिण्डर विष्फोट भएको आशंका गरिएको थिया तर घटनास्थलमा पुग्दा विष्फोट भएको स्टीलको टिफिन बक्सको अवशेष भेटिएपछि विप्लवका कार्यकर्ताले बोकेको विस्पोटक पदार्थ पट्कीएको हो ।

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले विष्फोट पदार्थ टिफिन बक्समा लुकाएर ओसार्न खोजेको र त्यसक्रममा विस्फोट भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

विस्फोटमा घाइते भएका बझाङका राम सिंह र कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला प्रतिवन्धित विप्लव नेकपाका कार्यकर्ता भएको खुलेको छ । घटनास्थलमा ९ एमएमको पुरानो चाइनिज पेस्तोल समेत भेटिएको छ ।

कैलाली प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘प्रारम्भिक प्रमाण हेर्दा दुर्घटनावश विस्फोट भएको हुनसक्ने देखिन्छ ।’

धनगढी विस्फोटमा घाइते हुनेमा सिंह र सेरला बाहेक मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे छन् । पाण्डे होटल सञ्चालक हुन् भने मोविन होटल नजिकै रहेको गाडी मर्मत केन्द्रका मिस्त्री हुन् ।

उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक उपचारपछि उनीहरुसँग बयान लिन प्रयास गरिने प्रहरीले जनाएको छ ।

२०७६ साउन ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्