News Portal

यात्रुबाहक बस दुर्घटना, १५ जनाको ज्यान गयो

मोटिभेटन्यूज संवाददाता
१३५३ पटक

मेक्सिको – मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । साथै २१ जना घाइते भएका छन् ।

नायारिट सरकारका प्रवक्ताका अनुसार दुर्घटनामा मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । घाइतेहरुमा पनि धेरैजसो बालबालिका परेका छन् ।

राज्यको राजधानी शहर टेपिक र पुर्टो भालार्टा जोड्ने राजमार्गमा उक्त दुर्घटना भएको हो । दुर्घटना स्थानीयका अनुसार बिहान ७ बजे भएको थियो ।

बस दुर्घटनाको कारण भने अझै स्पष्ट हुन सकेको छैन ।

२०७६ साउन ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्