News Portal

कहाँबाट आयो इन्जिनियरको हातमा एकै दिन १४ लाख नगद ?

मोटिभेटन्यूज संवाददाता
७३० पटक

काठमाडौं – तीन जना इन्जिनिय घुस खाएको रकम सहित पक्राउ परेका छन । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियर १४ लाख घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दरुपयोग अनुसन्धान आयोगको टोलीले सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र सवारी चालक सुमन खड्कालाई नगदसहित पक्राउ गरेको हो ।

विभिन्न उपभोक्ता समितिहरु तथा अन्य कम्पनीहरूसँग घुस रकम लिएर बा १ झ ५२८० नम्बरको सरकारी गाडिमा काठमाडौं आउँदै गरेको भन्ने सुचनाको आधारमा आयोगले गाडी खानतलासी गरको थियो ।

भक्तपुरको जगातीमा गाडी रोकेर छापा मार्दा सिनियर डिभिजन इन्जिनियर अधिकारीको साथबाट १३ लाख ८ हजार ५ सय र सोही गाडिमा रहेका इन्जिनियर साहको साथबाट १ लाख २९ एक सय पाँच शंकास्पद नगद फेला परेका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

उनीहरुसँगै सवारी चालक सुमन खड्कालाई बा १ झ ५२८० नम्बरको टोयोटा हाईलक्स गाडीसहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको उनले बताए ।

२०७६ साउन ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्