News Portal

किन पक्राउ गर्यो भारतीय प्रहरीले गुण्डा नाइके दावा लामालाई ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६०६ पटक
काठमाडौं

भदौ १६, काठमाडौं – गुण्डा नाइके जितेन्द्र तामा, दावा पक्राउ परेका छन्। उनलाई दिल्ली प्रहरीले शनिबार पक्राउ गरेको हो। दिल्ली प्रहरीले उनलाई इन्दिरा गान्धी विमानस्थलबाट पक्राउ गरेको नेपाल प्रहरीको स्रोतले जानकारी दियो।

दुबईबाट दिल्ली एयरपोर्ट झरेका बेला उनलाई पक्राउ गरिएको हो। नेपाल प्रहरीका प्रवक्ता शैलेस थापा क्षेत्रीले लामा पक्राउ परेको भए पनि नेपाल प्रहरीले पक्राउ नगरेको बताए। दावाविरुद्ध इन्टरपोलमा पनि कुनै नोटिस जारी नगरिएकाले नेपाल प्रहरीको आग्रहमा पनि उनी पक्राउ नपरेको बताए। ‘उनको कसुर इन्टरपोलमा नोटिस गर्नुपर्ने खालको देखिँदैन। तैपनि जारी भएको छ की हामी हेर्दै छौं’ प्रवक्ता थापा क्षेत्रीले भने। उनलाई भारतमै अपराध गरेकाले भारतीय प्रहरीले पक्राउ गरेको हुनसक्ने उनले बताए।

२०७५ भदौ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्