News Portal

देउवा निवासमा गौरा पर्व : यसरी खेलिन् आरजुले देउडा (भिडियो)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१३८७ पटक
काठमाडौं

भदौ १६, काठमाडौं – प्रदेश ७ को विशेष चाड गौरा पर्व शुक्रबार बिरुडा पञ्चमी मनाइएसँगै यो पर्व सुरु भएको छ  । यस पर्वको पहिलो दिन निराहार व्रत बसेका विवाहिता महिलाहरूले गहुँ, केराउ, गहत, मास र गुराउस मिसाएर तामाका भाँडामा भिजाउने गर्दछन् । यिनै पाँच अन्नको मिश्रणलाई बिरुडा भन्ने गरिन्छ । दोस्रो दिन पानीको मुहान र पँधेरामा गई फाग गाउँदै बिरुडा धुने परम्परा छ । तेस्रो दिन महिलाहरू सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौरादेवी (पार्वती) को प्रतिमा (मूर्ति) बनाई त्यसलाई गौराघरमा भित्याउछन । त्यस अवसरमा दुबधागो चढाइन्छ ।

यो पर्वको विसर्जन नभएसम्म गौराघरमा जम्मा भई महिला–पुरुषको छुट्टाछुट्टै समूह बनाई स्थानीय लोकभामा देउडा, चैत, घमारीलगायतका खेल खेलेर रमाइलो गर्ने गर्छन् । विवाहिता महिलाहरूले बिहानैबाट व्रत बसी नजिकको गौराघरमा भेला भई शिव पार्वतीको प्रेमगाथा गाएर भिजाईएका पञ्च बिरुडाले अष्टमीका दिन गौरादेवीको पूजा गरेर प्रसादका रूपमा लिने गरिन्छ ।

त्यस्तै  कांग्रेस सभापति शेरबहादुर देउवा निवासमै गौरा पर्व धुमधामका साथ मनाइदैछ। देउवा पत्नी डा. आरजु राणा सहितका महिलाहरु देउवा निवासमा देउडा खेलेर गौरा पर्व मनाइरहेका छन्। उनीहरु सामूहिक रुपमा विरुडा भिजाएर पुजा गर्दै देउडा खेलेर गौरा पर्व मनाइरहेको  फोटो र भिडियो डा. आरजुले सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकी छन्। फोटो र भिडियो  डा. आरजु राणाको फेसबुकबाट 

हेर्नुस् भिडियो 

२०७५ भदौ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्