News Portal

भष्ट्राचारीसँग आक्रामक अख्तियार, इञ्जिनियरहरूको रुवाबासी !

मोटिभेटन्यूज संवाददाता
७८८ पटक

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा इन्जिनियरहरुको रुवाबसी चलेको छ । विभिन्न कामका विभिन्न क्षेत्रसँग सम्बन्धित इञ्जिनियरहरू धमाधम पक्राउ पर्न थालेपछि थुनामा रहेकाा इन्जिनियरहरुलाई भेट्न आउने हरुको रुवाबासी चलेको हो ।

अख्तियारको हिरासत कक्ष अहिले इञ्जिनियरहरूले भरिएको छ । अख्तियारले गत असारयता मात्रै २० जना इञ्जिनियरहरूलाई पक्राउ गरेको छ भने ती मध्ये १६ जना अख्तियारको हिरासतमै रहेका छन् । विभिन्न काम गरेबापत बिल भुक्तानी गर्ने सबालमा घुस लेनदिनमा इञ्जिनियरहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा इन्जिनियर हरिप्रसाद चौधरी, कमल सिटौला र विश्वेश्वरप्रसाद साह रहेका छन् उनीहरुलाई अख्तियारको टोलीले साउन ४ गते जना कर्णाली नदीमा तारजाली भर्ने काम बापतको बिल भुक्तानी गर्दा घुस मागेपछि पक्राउ परेका हुन् । इञ्जिनियर बाहेक सवारी चालक टंकप्रसाद ओझा पनि अख्तियारको फन्दामै छन ।

त्यस्तै, जगातीबाट प्रकाश अधिकारी र भोगेन्द्र साह, सिरहा गोलबजारबाट सब–इञ्जिनियर उमा श्रेष्ठ, सर्लाहीबाट रामजीबाबु यादव र तनहुँबाट प्रकाश पौडेल अख्तियारबाट समातिएका छन् ।

अख्तियारको बर्दिबासस्थित कार्यालय मार्फत सब–इञ्जिनियर उमा श्रेष्ठ पनि बिल भुक्तानीकै विषयमा घुस लिएको अभियोगमा पक्राउ परेकी हुन् । सब–इञ्जिनियर उमालाई अख्तियारको टोलीले शौचालय निर्माण बापतको बिल भुक्तानी सहज रूपमा गराइदिने भन्दै ५० हजार रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

यता, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र सवारीचालक सुमन खड्का पनि अख्तियारको फन्दामा परे । प्रकाश अधिकारी १३ लाख ३८ हजार पाँच सय तथा भोगेन्द्र साह १ लाख २९ हजार १ सय पाँच रुपैयाँसहित समातिए । प्रारम्भिक अनुसन्धानबाट उनीहरू काठमाडौँमा सिँचाइ विभागका डिजी र सिँचाइ मन्त्रालयका सचिवलाई बुझाउन पैसा गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

२०७६ साउन ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्